जिल्ला प्रहरी कार्यालय बारा का निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार कलैया गाउँघर अगाडि आक्रमण भएको हो। आक्रमणकारीहरूले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका छन्।
घाइते सहनीको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल कलैयामा गरिएको छ भने थप उपचारका लागि वीरगञ्ज लगिएको छ। प्रहरीले घटनामा संलग्नको खोजी तथा अनुसन्धान सुरु गरेको जनाएको छ।
