बिहीवार साँझ करिब ७ बजेको समयमा नवलपुरतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको कारलाई रोकी चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीले ब्रेथलाईजर मेसिनमार्फत मापसे जाँच गर्न खोजेका थिए। सोही बेला चालकले एक्कासी कारको सिसा बन्द गरी भाग्ने प्रयास गर्दा कारले ड्युटीमा रहेका एक प्रहरी जवानलाई करिब १० मिटर घिसारेर गम्भीर घाइते बनाउँदै फरार भएको थियो।
घटनापछि सुरु गरिएको खोजतलासका क्रममा मिति २०८२।०९।१८ गते चितवनको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कारसहित चालक पक्राउ परेका हुन्। पक्राउ पर्ने व्यक्ति मकवानपुर हेटौंडा उपमहानगरपालिका-५, गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेको प्रहरीले जनाएको छ। कारभित्र घटनामा प्रयोग गरिएको ब्रेथलाईजर मेसिनसमेत फेला परेको बताइएको छ।
प्रहरीका अनुसार घाइते प्रहरी जवानको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

