मिति २०८२/०९/२१ गते अन्दाजी ०१:०५ बजे, लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले चितवनको राप्ती नगरपालिका–११, डम्रेखाडीस्थित भित्री सडक खण्डमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ना ६१ प ७८५९, लु २६ प ६६९२ र ना ५५ प ७२३७ नम्बरका तीनवटा मोटरसाइकल रोकी जाँच गर्दा राप्ती–११, डम्रेखाडी बस्ने वर्ष ३३ का वीरबहादुर तामाङ र वर्ष ३१ का हिरालाल तामाङको साथबाट १२४ केजी लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको गाँजा र प्रयोगमा रहेका मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।
