Neelamb Menu

बारा प्रहरीले विभिन्न मुद्दाका फरार ५ अभियुक्त पक्राउ

Author
News Desk | January 06, 2026
0
Featured

पौष २२ /  कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले अदालतबाट दण्ड-सजाय तोकिएपछि वा चालु मुद्दामा वारदात पश्चात फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बारा जिल्ला अदालतबाट दण्ड-सजाय तोकिएका तथा चालु मुद्दामा फरार रहेका व्यक्तिहरूलाई खोजतलास गर्दै लुकिछिपी बसेको अवस्थामा मिति २०८२/०९/२१ गते पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो।

पक्राउ परेका व्यक्तिहरू गोपाल श्रेष्ठ (३०) ठेगाना: निजगढ नगरपालिका–०२, सिंगोल लागु औषध सजाय: २ वर्ष कैद र रु. १,००,००० जरिवाना पक्राउ गर्ने इकाइ: इलाका प्रहरी कार्यालय निजगढ 

बच्चा बाबु चौधरी (२३) ठेगाना: कोल्हवी नगरपालिका–०६, प्रसौना  लागूऔषध सजाय: १ महिना कैद पक्राउ गर्ने इकाइ: इलाका प्रहरी कार्यालय सिहोर्वा 

भक्त बहादुर लामा (५१) ठेगाना: कोल्हवी नगरपालिका–०८, नयाँ बस्ती चोरी सजाय: २ महिना कैद र रु. २०,००० जरिवाना पक्राउ गर्ने इकाइ: प्रहरी चौकी मधुवन

लालु मुखिया विन (२२) ठेगाना: फेटा गाउँपालिका–०३ मुद्दा: ज्यान मार्ने उद्योग (चालु) पक्राउ गर्ने इकाइ: इलाका प्रहरी कार्यालय छतवा 

जितेन्द्र साह सोनार (३४) ठेगाना: कलैया उपमहानगरपालिका–१४, बघवन बैकिङ कसुर (चालु) पक्राउ गर्ने इकाइ: अस्थायी प्रहरी पोष्ट बसपार्क प्रहरीले अदालतका फैसला कार्यान्वयन र फरार अभियुक्त पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।