पोखरिया, १९ वैशाख । पर्सा जिल्लाको ठोरी गाउँपालिका–१, भगवाननगरमा “डाक्टर सहित सांसदको घरदैलो” कार्यक्रमको औपचारिक शुभारम्भ प्रमुख अतिथि माननीय टेकबहादुर शाक्यले गर्नुभएको छ । कार्यक्रमको शुभारम्भ डा. शुरूची श्रेष्ठले माननीय शाक्यको पहिलो स्वास्थ्य परीक्षण गरेर गर्नुभएको थियो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाक्यले विकट तथा विपन्न परिवारलाई आफ्नै घरआँगनमै स्वास्थ्य सेवा दिन पाएकोमा आफू अत्यन्त हर्षित भएको बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्र पर्सा–४ का सबै पालिकामा यो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ठोरी गाउँँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले “डाक्टर सहित सांसदको घरदैलो” कार्यक्रमको प्रशंसा गर्दै स्थानीय तह पनि यस कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताइन् । त्यस्तै, प्रभु अस्पतालका इन्चार्ज दिलीप कार्कीले अस्पताल नाफामुखी मात्र नभई सेवामुखी संस्था भएको उल्लेख गर्दै स्वास्थ्य सेवा जनताको घरदैलोमै पु-याउन पाएकोमा खुशी व्यक्त गरे । त्यसैगरि कार्यक्रमका समन्वयकर्ता सन्तोष श्रेष्ठले वास्तविक सेवाग्राहीहरू स्वास्थ्य सेवाको पहुँच टाढा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष स्वास्थ्य सेवा पु-याउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बताउँदै सांसद शाक्यलाई विशेष धन्यवाद दिनुभयो ।
“डाक्टर सहित सांसदको घरदैलो” कार्यक्रममा प्रभु हस्पिटलम वीरगंजको सहकार्यमा भएको कार्यक्रममा डा. प्रयास तिमल्सिना र डा. शुरूची श्रेष्ठले २४७ जना स्थानीय बासिन्दालाई निश्शुल्क स्वास्थ्य परीक्षण, परामर्श सेवा तथा निश्शुल्क औषधी वितरण प्रदान गरेका थिए। स्थानीयहरूले घरआँगनमै आएर स्वास्थ्य सेवा दिनुभएकोमा सांसद शाक्यलाई धन्यवाद दिएका थिए ।