Neelamb Menu

सर्लाहीमा अवैध गाँजा खेती फडानी तथा नष्ट

Author
News Desk | January 06, 2026
Featured

 

पौष २२ /  सर्लाही जिल्लामा अवैध रूपमा गरिएको गाँजा खेतीविरुद्ध प्रहरीले संयुक्त कारबाही गरेको छ।

मिति २०८२/०९/२१ गते जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको ४० जनाको संयुक्त प्रहरी टोलीले लालबन्दी नगरपालिका-१४ र १५ अन्तर्गत पर्ने सिर कालिन्जोर, सिरु डाँडा, ब्लोन टोल तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानहरूमा कारबाही सञ्चालन गरेको हो।

कारबाहीका क्रममा करिब १३ बिग्हा क्षेत्रफलमा अवैध रूपमा लगाइएको अन्दाजी २ लाख (२,००,०००) गाँजाका बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै यस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी छ।