Neelamb Menu

प्याब्सन टी–१० क्रिकेट प्रतियोगितामा  रोचक भिडन्त

Author
News Desk | December 29, 2025
Featured

वीरगंज । प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार आदर्शनगर रंगशालामा विद्यार्थीबीच रोचक भिडन्त भएको छ।

छात्रतर्फको पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले मनकामना मावि स्कुललाई ७ विकेटले पराजित गर्दै सहज जित निकालेको थियो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितिस पटेल म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा हेबेन एकेडेमी स्कुलले लिटिल फ्लावर सेकेन्डरी स्कुललाई ४८ रनले पराजित ग–यो। पृथ्वी पटेल म्यान अफ द म्याच घोषित भए।

छात्रातर्फको तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी सेकेन्डरी स्कुललाई १२ रनले हराउँदै जित हात पा–यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीति साहनी म्यान अफ द म्याच घोषित भइन।

छात्रतर्फको अर्काे खेलमा मनकामना मावि र लिटिल फ्लावर सेकेन्डरी स्कुलबीच भएको प्रतिस्पर्धा सुपर ओभरसम्म पुगेको थियो। रोमाञ्चक सुपर ओभरमा मनकामना माविले बाजी मार्दै खेल जित्न सफल भयो।

छात्रातर्फको अर्काे खेलमा एसआर ग्यालेक्सी सेकेन्डरी स्कुलले बिकन एकेडेमी स्कुललाई ८ विकेटले पराजित ग–यो। उक्त खेलकी म्यान अफ द म्याच दीक्षा गिरी घोषित भइन।

छात्रतर्फको पाँचौं खेलमा एसआर ग्यालेक्सी स्कुलले गोल्डेन फ्युचर एकेडेमी स्कुललाई १५ रनले हरायो। यस्तै अर्काे खेलमा लिटिल फ्लावर सेकेन्डरी स्कुलले गोल्डेन फ्युचर एकेडेमी स्कुललाई ७ विकेटले पराजित गर्दै जित दर्ता ग–यो। यस खेलका म्यान अफ द म्याच राजन साह घोषित भएको प्याब्सन वीरगंज महानगर सचिव अमित आलोकले जानकारी गराएका छन्।