Neelamb Menu

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्यालीद्वारा सर्वसाधारणको लागि स्वास्थ्य शिविरको आयोजना

Author
News Desk | December 27, 2025
Featured

वीरगंज, १२ पुस । नेशनल मेडिकल कलेज, वीरगंज तथा प्रिस्टिन भ्याली ड्राइपोर्ट, वीरगंजको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगंजमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
 
सर्वसाधारण नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकद्वारा परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो ।

शिविरमा ३१२ जना नागरिकहरूले रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइ तथा अन्य प्रारम्भिक स्वास्थ्य परीक्षण गराएपछि सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकद्वारा परामर्श सेवा प्रदान गरिएको थियो।

जेनरल फिजिसियन  डा. सुधाकर झा तथा स्त्रीरोग विशेषज्ञ डा. मधु साहले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।
 
प्रिस्टिन भ्याली ड्राइपोर्टका प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा, दिगोपन विभाग प्रमुख सुवजित नायक तथा आयात–निर्यात विभाग प्रतिनिधि राहुल पटेल, नेशनल मेडिकल कलेज, वीरगंजका प्रमुख सूचना अधिकृत इञ्जिनियर प्रदीप कुमार चौधरी, मार्केटिङ प्रबन्धक जितेश चन्द्र दास तथा विद्यार्थी क्लब अध्यक्ष डा. प्रशान्त भण्डारी लगायतको सहभागीता थियो।