Neelamb Menu

गतिलो पार्टीले बुझायो समानुपातिक सूची, वीरगन्जकी शैली चौधरी समावेश

Author
News Desk | December 30, 2025
Featured


 बिरगंज /  बुद्ध एयरका संस्थापक तथा सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसमेत जोडिएको नयाँ राजनीतिक दल गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ न्यूनतम ११ जनाको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ।

उक्त सूचीमा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० की सामाजिक अभियन्ता शैली चौधरी पनि समावेश भएकी छन्। पार्टी अध्यक्ष दिनेश प्रसाईँका अनुसार आदिवासी जनजाति, दलित, महिला र अल्पसङ्ख्यक समुदायलाई प्राथमिकता दिँदै सेलेब्रिटीभन्दा आम नागरिकलाई प्रतिनिधित्व गराइएको हो।

सूचीको पहिलो नम्बरमा चेपाङ समुदायबाट विश्वास प्रजालाई राखिएको छ। वीरगन्जकी शैली चौधरी एलजीबीटीआई, दलित तथा महिला अधिकारका क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता हुन्।