Neelamb Menu

समानुपातिक उम्मेदवार सूचीमा आफन्तको नाम समावेश भएको आरोप कुलमान घिसिङद्वारा अस्वीकार

Author
News Desk | December 31, 2025
Featured

 

काठमांड़ौ, पौष १६ /  आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार सूचीमा आफ्ना आफन्त समावेश गरिएको भन्ने आरोपलाई कुलमान घिसिङ ले कडा शब्दमा अस्वीकार गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टिकरण दिँदै समाचारमा उल्लेख गरिएका “भतिजा” र “ससुरा” भनिएका व्यक्तिहरू आफ्ना आफन्त नभएको बताएका हुन्।

घिसिङका अनुसार तीमध्ये एक जना आफू आबद्ध दलको नभई अर्को टिमबाट सिफारिस भएर आएको व्यक्ति हुन्। समानुपातिक उम्मेदवार सूची पार्टीका विधि, मापदण्ड र सामूहिक निर्णयका आधारमा तयार गरिएको स्पष्ट पार्दै उनले यसमा कुनै पनि व्यक्तिगत चाहना, दबाब वा हस्तक्षेप नरहेको जिकिर गरेका छन्।

उनले आफ्नो राजनीतिक छविमा आँच पुर्‍याउने उद्देश्यले गलत हल्ला फैलाइएको दाबी गर्दै निर्वाचन आयोगले दिएको समयसीमाभित्र सूचीमा देखिएका प्राविधिक त्रुटिहरू आवश्यक परे सच्याइने पनि बताएका