Neelamb Menu

अफिमसहित तीन जना पक्राउ

Author
News Desk | December 28, 2025
Featured

वीरगंज, १३ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले ४६० ग्राम लागू औषध अफिम जस्तो देखिने पदार्थ सहित तीनजनालाई पक्राउ गरेको जनाएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बस्ने ३२ वर्षीय राजेश साह,सोही ठाउँमा बस्ने २९ वार्षिक नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र रामलाई अफिमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोल्हवी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिवार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । सूचनाको आधारमा बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. १ बजार स्थित तामागढीबाट श्रीपुरतर्फ आउदै गरेको प्र.२–०३–००५ प ६३१२ नम्बरको टिभिएस मोटरसाईकलमा सवार रहेका उनीहरू जाँच गर्दा राजेश साहको साथबाट लुकाई छिपाई राखेको ४६० ग्राम लागू औषध अफिम जस्तो देखिने पदार्थ बारामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक सुरेशराज भट्टले जनाएका छन् ।