बारा, पौष १६ / बारामा लागू औषध गाँजा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी****को विशेष सूचनाका आधारमा मिति २०८२ पुस १५ गते राति करिब २०:१५ बजे, इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानी, बाराबाट संयुक्त रूपमा खटिएको गस्ती टोलीले कारबाही गरेको हो।
जिल्ला बारा पचरौता नगरपालिका–३, ब्रह्मस्थानस्थित गंगानगरबाट डाटगाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा १० केजी (२ पोका) गाँजा ओसारपसार गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरू चरौता न.पा.–३, रामनगर बस्ने अन्दाजी ३३ वर्षका राजकुमार कुशवाहा र सोही स्थानका अन्दाजी २८ वर्षका पुनदेव पटेल पक्राउ परेका दुवै जनामाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

