Neelamb Menu

वीरगंज महानगरको १९ औं नगर अधिवेशन सम्पन्न, वडाको बजेट पुनःस्थापना

Author
News Desk | December 29, 2025
Featured


वीरगंज महानगरपालिकाको १९ औं नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले यसअघि विशेष अधिवेशनमार्फत कटौती गरिएको वडाको २५ प्रतिशत बजेट पुनः थप गर्ने प्रस्ताव पारित गरेको छ।



 गएको भदौ २३/२४ गतेको जेन्जी आन्दोलनबाट महानगरका संरचनामा क्षति पुगेपछि असोजमा विशेष अधिवेशन बसेर पुनर्निर्माणलाई प्राथमिकता दिँदै वडाको बजेट कटौती गरिएको थियो। तर आवश्यक स्रोत जुटिसकेकाले चालु आर्थिक वर्षका लागि १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेट यथावत् राख्ने निर्णय गरिएको महानगर प्रमुख राजेशमान सिंह ले जानकारी दिनुभयो।

अधिवेशनमा हालसम्म विनियोजन गरिएको ३ अर्ब २२ करोडमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको जानकारी दिइयो। महानगरले यसै वर्ष शुलभ औषधि पसल, प्रयोगशाला विस्तार र नगर अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको छ।


अधिवेशनमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा ३२ वटै वडाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।