Neelamb Menu

डा. निकोलस भुसालसँग वार्ताका लागि उच्चस्तरीय समिति गठन

Author
News Desk | January 02, 2026
Featured

 

पौष १८ /  सरकारले ११ दिनदेखि अनसनरत डा. निकोलस भुसालसँग वार्ता सुरु गर्न उच्चस्तरीय वार्ता समिति गठन गरेको छ। भदौ २३–२४ का घटनामा कारबाही तथा संवैधानिक सुधारसहित पाँच बुँदे माग राख्दै डा. भुसाल अनसनमा बसेका हुन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनाल को संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, सहसचिव डा. भीष्म कुमार भुसाल तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य रहेका छन्।

माइतीघर मण्डलामा अनसनरत डा. भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि बुधबार उनलाई वीर अस्पताल भर्ना गरिएको हो। अस्पतालमा भर्ना भएपछि गृहमन्त्री ओमप्रकाश आर्याल ले अस्पताल पुगेर डा. भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु हुने अपेक्षा गरिएको छ भने अनसनरत डा. भुसालको स्वास्थ्य अवस्था र मागको सम्बोधनप्रति सार्वजनिक चासो बढ्दो छ।