प्रथम पप्पु यादवले एक थान साइकलसहित नगद ५ हजार १ सय रुपैयाँ, द्वितीय धिरजले नगद ५ हजार १ सय रुपैयाँ र तृतीय सचिनले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। वीरगन्ज मा युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुप ले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा पर्सा र बाराका २५० भन्दा बढी छात्रछात्राको सहभागिता थियो।
समापन समारोहमा प्रमुख अतिथि राजेशमान सिंहले खेल र खेलाडी महानगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै खेलकुदमार्फत देशको पहिचान स्थापित हुने उल्लेख गरे। कार्यक्रममा वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह पराग, लायन्स क्लब ३२५ एसका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर रामबिहारी पाण्डे, प्रशिक्षक विश्वेश्वर पटेललगायतको सहभागिता थियो। आयोजकले विद्यार्थीलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको जनाएका छन्।
