Neelamb Menu

म्याग्दीमा ‘अपरेशन ब्राभो सेरा’ : एक महिनामा ११५ अवैध हतियार बरामद

Author
News Desk | January 02, 2026
Featured

पौष १८ /  म्याग्दी प्रहरीले एक महिनासम्म सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ब्राभो सेरा’ अन्तर्गत ११५ थान अवैध हतियार बरामद गरेको छ।

डिस्ट्रिक्ट पुलिस ऑफिस म्यागड़ीका अनुसार सबैभन्दा बढी हतियार रघुगंगा गाउँपालिकाबाट ४८ थान बरामद गरिएको छ। त्यसपछि मालिका गाउँपालिकाबाट २०, अन्नपूर्ण गाउँपालिकाबाट १६, मंगला गाउँपालिकाबाट १४, बेनी नगरपालिकाबाट ११ र धवलागिरि गाउँपालिकाबाट ६ थान अवैध हतियार फेला परेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउने तथा वन क्षेत्रमा भइरहेको अवैध सिकार नियन्त्रण गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

नेपालको प्रचलित कानुनअनुसार अनुमति बिना हतियार प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।

प्रहरीले निर्वाचन नजिकिँदै गर्दा यस्ता अवैध गतिविधिमा संलग्न नहुन सबैलाई सचेत रहन आग्रह गरेको छ।