Neelamb Menu

झापाको कन्काईमा शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली घटनास्थलतर्फ

Author
News Desk | January 03, 2026
Featured


पौष १९ /  झापाको कन्काई नगरपालिका-४ स्थित माईखोला पुल नजिक आज बिहान शंकास्पद वस्तु फेला परेको छ। बिहान करिब ६ः३० बजे पूर्व–पश्चिम राजमार्गको पूर्वपट्टि कालो झोलामा प्याक गरिएको अवस्थामा उक्त वस्तु देखिएको हो।

झोलाभित्र प्रेसर कुकर राखिएको र त्यसबाट तार निस्किएको अवस्थामा फेला परेपछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सतर्कता अपनाउँदै क्षेत्र सुरक्षित बनाएको छ।

शंकास्पद वस्तुको सुरक्षित व्यवस्थापनका लागि अरिदमन गण चारआलीबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ। हाल उक्त क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ भने शंकास्पद वस्तु बम हो वा होइन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।