![]() |
| AI Image |
बारा, पौष १७ / प्रहरी कारबाहीको क्रममा जिल्ला प्रहरी कार्यालय बारा मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले अदालतको फैसला कार्यान्वयन गर्दै फरार रहेका ९ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बारा जिल्ला अदालत कलैयाबाट दण्ड–सजाय तोकिएका तथा चालु मुद्दामा वारदातपछि फरार रहेका व्यक्तिहरूलाई खोजतलास गरी लुकिछिपी बसेको अवस्थाबाट मिति २०८२/०९/१६ गते पक्राउ गरिएको हो। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये चोरी, चेक अनादर, लेनदेन बिगो तथा सावारी ज्यानसम्बन्धी मुद्दाका प्रतिवादीहरू रहेका छन्। उनीहरू जितपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका र कलैया उपमहानगरपालिकाका विभिन्न वडाका बासिन्दा हुन्। पक्राउ कार्यमा इलाका प्रहरी कार्यालय सिमरा, जितपुर, प्रहरी चौकी फत्तेपुर, गंजभवानीपुर तथा सशस्त्र प्रहरीका इकाइहरू संलग्न थिए।
प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै फरार प्रतिवादी खोजीलाई निरन्तरता दिने जनाएको छ।

