पर्सा, पौष १७ / साहेब बाबा धामका पीठाधिश्वर आदरणीय गुरुको शुभ जन्मोत्सवका अवसरमा आज गहवामाई मन्दिर प्रांगणमा विशेष प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। धार्मिक आस्था, श्रद्धा र सामाजिक सद्भावको सन्देशसहित आयोजित कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बिरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह उपस्थित भई गुरुको दीर्घायु, उत्तम स्वास्थ्य तथा निरन्तर मार्गदर्शनको कामना गर्नुभयो। उहाँले गुरुको आशिर्वादले समाजमा सकारात्मक सोच, सेवा भाव र नैतिक मूल्यहरू सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
जन्मोत्सवलाई आध्यात्मिक वातावरणमा भव्य रूपमा मनाउँदै श्रद्धालुहरूलाई प्रसाद वितरण गरिएको थियो। कार्यक्रममा समाजसेवी, धार्मिक अगुवा, सर्वसाधारण तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिताले आपसी सद्भाव, एकता र सामाजिक सहकार्यको सन्देश प्रवाह भएको आयोजकहरूले बताएका छन्।


